भारतीय विकेटकिपर–ब्याटर केएस भरतले २०२६ को एनपीएल सिजन ३ मा काठमाडौं गोर्खाजबाट खेल्ने

काठमाडौं । भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन्। गोर्खाजले सामाजिक सञ्जालमार्फत भरतलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ।

३२ वर्षीय भरतले भारतका लागि टेस्ट क्रिकेट खेलिसकेका छन्। उनले टी–२० क्रिकेटमा ९१ खेल खेल्दै १ हजार ८ सयभन्दा बढी रन बनाएका छन्। विकेटकिपिङसँगै मध्यक्रममा ब्याटिङ गर्न सक्ने भरतको आगमनले गोर्खाजको टोली थप बलियो हुने अपेक्षा गरिएको छ।

भरत सन् २०२४ को आईपीएल विजेता कोलकाता नाइट राइडर्स टोलीका सदस्यसमेत थिए। भारतीय घरेलु क्रिकेट र आईपीएलको अनुभव बोकेका भरत काठमाडौं गोर्खाजका लागि एनपीएलको तेस्रो सिजनमा घोषणा गरिएका विदेशी खेलाडीमध्ये एक बनेका छन्।

उनको आगमनसँगै काठमाडौं गोर्खाजको विकेटकिपिङ र ब्याटिङ विकल्प थप मजबुत हुने देखिएको छ।

फेसबुकबाट प्रतिक्रिया